महिन्द्राको नयाँ शोरुम सिन्धुलीमा

  २०७४ जेठ १८ गते १५:५६     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेड प्रा. लि. अन्तर्गतको कृष्ण डिष्ट्रिब्यूटर्स्ले सिन्धुलीमा नयाँ महिन्द्रा शोरुमको उद्घाटन गरेको छ । यस नयाँ शोरुममार्फत कम्पनीले सेवाग्राहीलाई सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ ।

महिन्द्राका ट्रयाक्टर, पिक-अप तथा लोकप्रिय यूभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई नयाँ शोरुम सिन्धुलीमा प्रस्तुत भएको हो । कम्पनीका अनुसार उक्त नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.