जनता बैंकको निक्षेपमा १३ प्रतिशत ब्याज, स्ट्याण्डर्ड चाटर्डले ९.९९ प्रतिशतमा घर कर्जा दिने

  २०७४ जेठ १८ गते १०:०९     विकासन्युज

काठमाडौं । जनता बैंकले १३ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरेको छ । जनता बैंकले न्युनतम ७५ दिनदेखि एक बर्षसम्मका मुद्धति खाताहरुमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

नेपाल बैंकर्स संघले १२ प्रतिशत भन्दा बढि ब्याज नदिने निर्णय गरेको केहि समय नबित्दै जनता बैंकले १३ प्रतिशतको ब्याजदरमा निक्षेप आव्हान गरेको हो ।

मुद्रास्फिति ३ प्रतिशतको हाराहारीमा हुँदा बैंकहरुले निक्षेपमा १३ प्रतिशत व्याज दिनु निक्षेपकर्ताको लागि निकै लाभ हुनु हो ।

बैंकहरुले संस्थागत निक्षेपकर्ताको लागि भने यसअघि नै १३.५० प्रतिशत व्याज दिन थालेका छन् । निक्षेप खातामा पनि बैंकहरुले ८ देखि ९ प्रतिशतसम्म व्याज दिन थालेका छन् ।

उता, स्ट्याण्डर्ड चाटर्ड बैंकले भने ९ दशमलब ९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । सो दरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क भने जोडिनेछ । स्ट्याण्डर्ड चाटर्ड बैंकले अन्यत्र रहेको घर कर्जालाई बैंकको बिशेष घर कर्जा योजना अन्तर्गत पुनकर्जा लिन सकिने जनाएको हो ।

बैंकहरुले बचत खातामा ८ प्रतिशत व्याज नाघेको र मुद्दतीमा सार्वजनिक रुपमा नै १३ प्रतिशत व्याज दिन थालेको समयमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९.९९ प्रतिशतमा कर्जा दिनु ग्राहकको लागि निकै लाभदायक योजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.