राससका नवनियुक्त महाप्रबन्धक शर्माद्वारा पदबहाली

  २०७४ जेठ १७ गते १४:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक ओपेन्द्र शर्माले बुधबार पदबहाली गरेका छन् ।

यही जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राससको रिक्त महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदबहाली गर्दै महाप्रबन्धक शर्माले आयआर्जनका स्रोत पहिचान गर्दै आगामी दिनमा राससलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संस्थाभित्र फरक-फरक विचार भए पनि संस्थालाई केन्द्रबिन्दु बनाएर कार्य गर्नुपर्ने महाप्रबन्धक शर्माको भनाइ छ । सोही अवसरमा अध्यक्ष कुलचन्द्र वाग्लेले बधाई तथा शुभकामना दिँदै सहकार्य र सामूहिक प्रयासका साथ संस्थालाई अगाडि बढाउने बताए ।

महाप्रबन्धक शर्मालाई विभागीय प्रमुख तथा कर्मचारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.