गोल्छा परिवारले प्रभु बैंकको ऋण तिरेन, धितोमा राखिएको उद्योग र जग्गा लिलामीमा

  २०७४ जेठ १७ गते ९:५८     विकासन्युज

काठमाडौं । अरिहन्त काष्टिंग उद्योगको नाममा लिएको कर्जा भुक्तानी गर्न नसक्दा उद्योगको नाममा रहेको सम्पत्ति र गोल्छा परिवारको जग्गा बैंकले लिलामीमा राखेको छ । प्रभु बैंकले उद्योगको स्वामित्वमा रहेको चालु सम्पत्ति, हाइपोथिकेशन सुरक्षण र गोल्छा परिवारको स्वामित्वमा रहेको विराटनगरका विभिन्न स्थानको जग्गा लिलामीमा राखेको छ ।

कम्पनीको प्रोप्राइटर तथा ऋणि नथमल गोल्छा, जमानतकर्ताहरु विरेन्द्र गोल्छा र शुसिला देबी गोल्छाको नाममा रहेको जग्गा जमिन पनि बैंकले लिलामीमा राखेको छ । नथमल गोल्छा मोतिचन्द गोल्छाको नाति र लुनकरण गोल्छाको छोरा हुन् । विरेन्द्र नथमलका छोरा हुन् भने शुसिला नथमलको श्रीमती हुन् ।

उनीहरुले ग्राण्ड बैंक नेपालबाट कर्जा लिएको र २०७१ सालदेखि नै सावा, व्याज भुक्तानी गर्न छोडेको बैंकले जनाएको छ । तीन वर्षसम्म कर्जा भुक्तानी गर्न लिखित, मौखिक र सार्वजनिक सूचना मार्फत तकेता गर्दा पनि कर्जा भुक्तानी गर्न अटेर गरेको भन्दै बैंकले उनीहरुको सम्पत्ति लिलामी गरी कर्जा असुल गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.