महिन्द्रा टु व्हीलर्स् एक्स्चेन्ज जेठ १६ देखि १८ सम्म, “चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग”

  २०७४ जेठ १६ गते १९:३२     विकासन्युज

काठमाडौं । महिन्द्रा टु व्हीलर्स् लिमिटेडको आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्निमोटो इन्क प्रा. लि. ले “महिन्द्रा टू व्हीलर” एक्स्चेन्ज क्याम्प ल्याएको छ । जेष्ठ १६ देखि १८ गतेसम्म टेकु शो रुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई “चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग” गर्न भनि आव्हान गरेको छ ।

एक्स्चेन्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कूटर ल्याई सबै भन्दाउ त्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, एक्स्चेन्ज गरी ग्राहकका लागि “४०० प्रतिशत बोनस क्यासब् याक” नामक अफर पनि ल्याएको छ ।  हरेक खरिदमा पाइएने स्त्र्mयाच् कार्डमा पहिलो स्क्र्याचमा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस एक्स्चेन्ज क्याम्पले ग्राहकहरुका लागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.