‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’को नतिजा सार्वजनिक

  २०७४ जेठ १६ गते १६:५३     विकासन्युज

काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”सार्वजनिक गरेको छ । बैंकले राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम लागु गरेको थियो ।

छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो ।

छात्रवृति समितिका सह-संयोजक डेनियल डी. श्रेष्ठ, हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओ सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा जानकारी गराएका थिए ।

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ । निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णयगरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरेको हो । छात्रवृति प्राप्त गर्न सफल छात्र/छात्राहरुको नामावली यसै साथ संलग्न गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.