सनराइज बैंकको नयाँ शाखा कालिकास्थानमा, हेटौडामा पनि खोल्ने तयारी

  २०७४ जेठ १४ गते १६:३९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको कालिकास्थान (घट्टेकुलो) रहेको आफ्नै भवनमा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन् आइतबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् ।

यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउन सक्षम हुुुुनुका साथै कालिकास्थान र घट्टेकुलो क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त हुने विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।

हाल बैंकले ७० वटा शाखा र ८० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले केहि दिन भित्र मकवानपुरको हेटौडामा शाखा विस्तार गर्दै छ । बैंकको वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.