आइतबारको सेयर बजारमा ७५ करोडको सेयर कारोबार, सबैभन्दा बढी सिद्धार्थ बैंकको

  २०७४ जेठ १४ गते १५:३१     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आइतबार बैंकको ११ करोड ५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याण्डार्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबार नेप्से परिसूचक दोहो अंकले घटेको छ । साताको पहिलो दिन परिसूचक १४ अंकले घटेर १६१५ दशमलब ५८ अंकमा झरेको छ ।

त्यस्तै, कारोबारमा आएका दुई समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ६ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३४ अंकले झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.