शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स

  २०७४ जेठ १२ गते १२:३५     विकासन्युज

काठमाडौं । शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स सार्वजनिक भएको छ । ग्लोबलकि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स रिचार्जर मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र क्यासब्याकमार्फत जम्माभएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमानै २५ हजारभन्दा बढीले डाउन लोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ ।

फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा बढी प्रमाणित तथा विश्वासिला बिक्रेतारुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकि टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाविच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एपलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ ।

इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसीएसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.