रेनोको नयाँ लजी स्टेपवे रेन्ज नेपाली बजारमा, मूल्य ३९ लाख ९५ हजार रुपैयाँ

  २०७४ जेठ ११ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नेपाली बजारमा नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडिको प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध) मा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।

एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा, रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्स प्रदान गर्दछ ।

भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् । कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा राखेको छ ।


सुरक्षामा बिना कुनै सम्झौता

रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवे सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.