माछापुच्छ्रे र पूर्णिमा बैंकले हकप्रद सेयर निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?

  २०७४ जेठ ९ गते १२:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र पूर्णिमा विकास बैंकले आ-आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशतका दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि जेठ १६ गते कम्पनीको बुक क्लोज हुने भएको छ । बैंकले निष्काशन गरेको उक्त सेयर जेठ १५ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरुले मात्र भर्न पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, पूर्णिमा विकास बैंकले पनि सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३५ करोड २३ लाख ८५ हजार १३२ रुपैयाँको आधारमा २५ प्रतिशत(४ः१ को अनुपातमा)को दरले हकप्रद निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि जेठ १६ गते बैंकको बुक क्लोज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.