नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर भर्नुभयो? म्याद अब ३ दिन मात्रै बाँकी

  २०७४ जेठ ८ गते १४:४१     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन(जेठ १० गतेसम्म) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ८(८० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।

कम्पनीका अनुसार उक्त सेयर जेठ १० गतेसम्म बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।

बैंकले २०७३/१२/१६ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले एक सय अंकित दरको ३ करोड २० लाख ९४ हजार ०६८ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.