एकैदिन चार कम्पनीले पाए हकप्रद सेयर निष्काशन गर्न अनुमति, क-कसले पाए?

  २०७४ जेठ ८ गते १३:३९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन चार कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ ७ गते सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै सिद्धार्थ बैंकले ३० प्रतिशत(१०ः३ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत(४:१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख ३९ हजार ५०० कित्ता बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यसैगरि, माछापुच्छ्रे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकले पनि क्रमशः १०ः१.२ को अनुपात र ३ः२.०८ को अनुपातमा हकप्रद निष्कासन गर्न पाउने भएका छन् । माछापुच्छ्रे बैंकले ७९ लाख १८ हजार कित्ता सेयर र अल्पाइन डेभलपमेन्ट बैंकले १८ लाख ३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । यी दुबै कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.