२०७४ जेठ ८ गते १३:०७ विकासन्युज
काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ ।
कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात जेठ १० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले सुन्धाराको सिभिल क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.