प्रज्ञान सेक्युरिटिजको कारोवार रोक्का

  २०७४ जेठ ७ गते १८:०३     विकासन्युज

काठमाडौं । प्रज्ञान सेक्युरिटिज प्रा. लि. को कारोबार रोक्का भएको छ । विराटनगर स्थित कार्यालयबाट सिभिल बैंक लि. ले जारी गर्न लागेको हकप्रद शेयरको सम्वन्धमा सार्वजनिक नभएको सूचना केही व्यक्तिहरुलाई दिएको जानकारी प्राप्त भएकोले उक्त सेक्युरिटिजको कारोबार रोक्का भएको हो ।

यस विषयमा बोर्डले आवश्यक छानविन कार्य अगाडि बढाएको छ । साथै, उक्त छानबिन कार्य सम्पन्न नभइन्जेलसम्मको लागि प्रज्ञान सेक्युरिटिजलाई जेठ ८ गतेदेखि निलम्बन गरी धितोपत्र कारोवार गर्न रोक लगाइएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.