स्वदेशी लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

  २०७४ जेठ ७ गते १७:३९     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले केही समय अगाडि निष्काशन गरेको साधारण सेयर अर्थात आइपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ५० कित्तादेखि ११२० कित्तासम्म आबेदन गर्नेलाई चिठ्ठा प्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै, ११३० कित्तादेखि १२८० कित्ता सम्म आवेदन गर्नेले कम्तिमा १० कित्ता पाएका छन् । १२९० कित्ता देखि १३९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले र १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीको तीन लाख कित्ता सेयरको लागि ९२ हजार जनाले आवेदन दिएका थिए । जस मध्ये २५३० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । त्यस्तै, कुल आवेदन परेको मध्ये १२०२ जनाको आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.