एसबिआई बैंकको ४० प्रतिशत हकप्रद सेयर खुला, कहाँ कहाँबाट आवेदन दिने ?

  २०७४ जेठ ७ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले सर्वसाधारणको लागि ४० प्रतिशत(अर्थात १० बराबर ४ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गरेको छ । कम्पनीले जेठ ७ गते (आइतबार)देखि एक सय अंकित दरको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंको हात्तिसारमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड र नागपोखरीमा रहेको एनएमबि क्यापिटल लिमिटेडबाट आवेदन भर्न सक्ने कम्पनीले जनाएको छ ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी असार ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १०३५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.