वाइडबडी खरिदको ऋण सम्झौता ढिलाई, पहिलो किस्ताको ८ अर्ब एक सातापछि पठाउने

  २०७४ जेठ ५ गते ७:३३     विकासन्युज

काठमाडौ । नेपाल वायुसेवा निगमले दुईवटा ठूला आकारको (वाइडबडी) जहाज खरिद गर्न आवश्यक रकमको पहिलो किस्ता थप आठ दिनपछि पठाउने भएको छ ।

निगमलाई जहाज वेच्ने लागेको अमेरिकी कम्पनी एएआर कर्पोरेशनले पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) एक सातापछि पठाउने सुविधा दिएको पनि वायुसेवा निगमले जानकारी दिएको छ ।

कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता हुन केही दिन लाग्ने भएपछि पहिलो किस्ता पठाउने समय थप आठ दिन थप गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार केही सहजता प्रदान गर्ने गरी एक सातापछिको सयम तय गरिएको हो । निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाउँ ऋण नपाएकोले ढिलो भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.