औषधिमा अधिक नाफा गरेर उपभोक्तामा लुट, २२ सय प्रतिशतसम्म महंगो

  २०७४ जेठ ५ गते ७:१८     विकासन्युज

काठमाडौं । बजारमा पाईने उपभोक्ताले २२ सय प्रतिशतसम्म महंगो तिर्नुपरेको खुलासा भएको छ ।उद्योग, उत्पादक वितरकसँग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मृल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो ।

केहि औषधि भने ५ हजार प्रतिशत सम्म बढी रकम असुल गरेको पनि भेटिएको छ ।

बजार मुल्यबारे स्वदेशी तथा विदेशी उधोग, आर्यतकर्ता उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने रकारी निकायसंग विभिन्न माध्यममाार्फत मुल्य सुची लिएर मन्त्रालयले अध्ययन रिपोर्ट तयार पारेको हो ।

उक्त अध्ययन स्वास्थ्य मन्त्रालयको औषधि ब्यवस्थापन हेर्ने निकायले भारतमा विभिन्न प्रान्तमा गई उधोग उद्योग आयातकर्ता र त्हाँको सरकारसँँग लिएको हो ।

नेपालमा औषधी कारोबार गरिरहेका आयातकर्ताहरुसँग मन्त्रालयको टोलीले अनौपचारिक रुपमा लिइएको सूचना पनि अध्ययनमा समावेश गरेर बढी मूल्य लिने तथ्य फेला परेको हो । न्युनतम १ सय रुपैयाँ पर्ने औषधिलाई ४ सय देखि २२ सय प्रतिशतसम्म अशुल गरि रहेको फेला परेको हो । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.