एनबी इन्सुरेन्स र सगरमाथा फाइनान्स बिच बैंकाएसुरेन्स सेवा सम्झौता

  २०७४ जेठ ४ गते १५:३९     विकासन्युज

काठमाडौं । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबी इन्सुरेन्स कम्पनी लिटिमेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सगरमाथा फाइनान्स लिमिटेडका प्रमुख कर्याकारी अधिकृत मन बहादुर राईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात फाइनान्सका ग्राहकहरुले फाइनान्स कम्पनीका सम्पुर्ण शाखाहरु मार्फत एनबी इन्सुरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा एनबी इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले फाइनान्ससंगको सम्झौताबाट कम्पनीले फाइनान्सका ग्राहकहरुलाई सरल, सहज र चुस्त सेवा प्रदान गर्ने बताएका छन् । साथै, श्रेष्ठले कम्पनीले चालु आ.ब.को तेश्रोे त्रैमाससम्ममा करिब ५० करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरी रु. ६ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम भएको बताएका छन् ।

कम्पनीको हाल चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । यसमा शतप्रतिशत हकप्रद शेयर जारी गरेपश्चात ५४ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने श्रेष्ठल बताए ।

उक्त अवसरमा फाइनान्सका प्रमुख कर्याकारी अधिकृत मन बहादुर राईले कम्पनीसंगको सहकार्यमा दुवै कम्पनीका ग्राहकहरुलाई सहज सेवा प्रदान हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.