नेप्सेमा एकै दिन ३३ लाख १० हजार कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

  २०७४ जेठ ३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेप्सेमा एकै दिन ३३ लाख १० हजार ३८६ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै बजारमा दुई कम्पनीको बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन काष्ठमण्डप डेभलपमेन्ट बैंक र जनता बैंक नेपालको गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ भने जनता बैंक नेपालको हकप्रद सेयर मात्र सूचिकृत भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंकको १५ लाख ८८ हजार ९१८ कित्ता बोनस र १६ लाख ९९ हजार ७४१ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, जनता बैंक नेपालको पनि २१ हजार ७२६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

सो दिन नेप्सेमा सबैभन्दा बढी हकप्रद सेयर थपिएको छ । एकै दिन दुई कम्पनीको गरि १७ लाख २१ हजार ४६७ कित्ता हकप्रद सेयर थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.