आइपिओ निष्कासन नगरी एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

  २०७४ जेठ ३ गते ८:०८     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ ।

एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले एफपिओ निष्कासन गर्न स्वीकृत भने दिएको छैन ।

सरकारी स्वामित्वमा रहेको १० प्रतिशत सेयरमध्ये प्रीमियम (१ सय ५१ रुपैयाँभन्दा बढी) मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी गरेको भन्न थालेको छ । तर, त्यसलाई आइपीओ जारी गरेको भन्न नमिल्ने तर्क विज्ञहरुले दिएका छन ।

यो कम्पनीले सर्वसाधारणलाई १५ र आयोजना प्रभावित स्थानियलाई वासिन्दालाई कम्तिमा १० प्रतिशत सेयर दिएपछि मात्रै एफपिओ जारी गर्न पाउँछन । यो कम्पनीको भनाइ भने सरकारले १२ प्रतिशत सेयर वितरण गरिसकेकोले पुन कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने तर्क दिएको छ । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.