जेबिल्स फाइनान्सले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, पूँजी ८० करोड नाघ्ने

  २०७४ जेठ २ गते १८:३६     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन पश्चात कायम हुने पूँजीमा सो मात्राको सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन सो निर्णय गरेको हो ।

कम्पनीको सातौँ वार्षिक साधारणसभाले पारित गरे बमोजिम चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । सभाले पारित गरेको कम्पनीको उक्त निर्णय हाल नेपाल धितोपत्र बोर्डमा प्रकृयामा रहेको छ ।

उक्त १०० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सोही पूँजीमा पुनः ४० प्रतिशतका दरले हुन आउने २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । त्यस पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै, उक्त ४० प्रतिशत हकप्रद सेयर आगामी विशेष साधारणसभाबाट पारित गरी स्वीकृत लिनु पर्ने निकायहरुबाट स्वीकृत पश्चात मात्र निष्काशन गरिने कम्पनीको संचालक समितिको बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.