अब छिट्टै नयाँ दुई क्रेडिट रेटिङ कम्पनी आउने, वित्तीय क्षेत्र व्यवस्थित र मर्यादित बन्ने

  २०७४ जेठ २ गते १४:५८     विकासन्युज

काठमाडौं । अब नयाँ कम्पनीहरूको क्रेडिट रेटिङ गर्नको लागि दुई नयाँ कम्पनी आउने भएको छ । ‘केयर रेटिङ नेपाल प्र्रािल’ सञ्चालनका लागि गत वैशाख २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ भने अर्को कम्पनी ‘नेपाल रेटिङ एजेन्सी दर्ता हुने क्रममा रहेको छ । कम्पनी तथा व्यावसायिक संघ संस्थाको साख मूल्यांकन गर्ने मुख्य उद्देश्य सहित नयाँ कम्पनीको बजारमा प्रवेश हुन लागेको हो । कम्पनीहरूको रेटिङ र ग्रेडिङ गर्नुका साथै अनुसन्धान, तालिम तथा सूचना प्रवाहको काम गर्ने उद्देश्य लिएको छ ।

कम्पनीहरूको वित्तीय अवस्था, जोखीमको स्थितिका साथै प्रतिफल दिन सक्ने क्षमता लगायतका विस्तृत मूल्यांकन गर्नु नै क्रेडिट रेटिङ हो । सेबोनका अनुसार ३ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर निष्कासन गर्ने कुनै पनि संगठित संस्थाले अनिवार्य क्रेडिट रेटिङ गराउनु पर्ने हुन्छ । तर, नेपालमा यो व्यवस्था त्यति प्रभावकारी रुपमा लागू हुन सकिरहेको छैन ।

नेपाल धितोपत्र बोर्डको सहमतिमा भारतको मुम्बईस्थित क्रेडिट एनालिसिस एण्ड रिसर्च लिमिटेड (केयर)सँग सहकार्य गरी केयर रेटिङ नेपाल स्थापना भएको हो । यसका साथै दशैंसम्म अर्को नयाँ ‘नेपाल रेटिङ एजेन्सी पनि स्थापना हुने भएको छ । एजेन्सीले अहिले सेवोनबाट स्वीकृत लिनका लागि आवश्यक डकु्मेन्ट तयार पारिरहेको सञ्चालक मध्ये एक अनुलराज पौडेलले बताए । ‘दशैसम्म उक्त कम्पनीले काम शुरु गरिसक्ने उनले बताए ।

हाल नेपालमा इक्रा नेपालले मात्र कम्पनी तथा व्यावसायिक संघसंस्थाको रेटिङ तथा ग्रेडिङको काम गर्दै आएको छ । वि. सं २०६९ मा उक्त संस्था स्थापना भएपछि हालसम्म कुनै पनि यस्ता संस्था आउन सकेको थिएन । तर,अबको केही समयमै अर्को नयाँ कम्पनी पनि स्थापना हुने हालै स्थापना भएको केयर नेपाल पनि छिटै काम थाल्ने भउपनि नेपाल स्थित कम्पनीहरूको अवस्थामा वारेमा मूल्यांकन गर्न सजिलो हुने छ । केयर नेपालले अहिले धितोपत्र, ऋणपत्र लगायतको रेटिङबाट काम थाल्ने छ ।

अन्तरराष्ट्रिय अभ्यासको तुलनामा नेपाल यो क्षेत्रमा धेरै पछाडि परेको छ । भारतमा सन् १९८७ बाट क्रेडिट रेटिङ शुरू भए पनि नेपालमा धेरै ढिला रेटिङ कार्य शुरु भएको पाइन्छ । कम्पनीहरूको रेटिङ हुन थालेपछि खासगरी विदेशी लगानी आकर्षित हुने विज्ञ बताउँछन् । ‘रेटिङले कम्पनीको वास्तविक अवस्था देखाउने भएकोले विदेशी लगानीलाई आकर्षित गर्न तथा अन्तर्राष्ट्रिय स्तरमासँगसँगै अगाडि बढ्न यस्तो कम्पनी अत्यावश्यक भएको पौडेलले बताए ।

केयर नेपालल स्थापनको लागि गत मङ्सिरमा नै साझेदारसँग सहमति भए पनि सेबोनको अनुमति र भारतीय शेयरबजार नियामक सेबी तथा केन्द्रीय बैंकको समेत अनुमति लिनुपर्ने भएकाले समय लागेको थियो । नेपालमा रेटिङ कम्पनी सञ्चालन हुन विदेशी साझेदारको न्यूनतम ५१ प्रतिशत शेयर स्वामित्व हुनुपर्ने प्रावधान छ । यसै प्रावधानअनुसार केयर नेपालमा केयर इण्डियाको ५१ प्रतिशत लगानी छ भने बाँकी इमर्जिङ नेपाल, विशाल ग्रुपलगायत सातओटा कम्पनीको लगानी छ ।

क्रेडिट रेटिङ नियमावली २०६८ बमोजिम उक्र संस्थाले अनुमति पाएको हो । यसले क्रेडिट रेटिङ व्यवसाय थप प्रतिस्पर्धी हुने र सेवा गुणस्तरीय तथा सहज हुने बोर्डको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.