मंगलबार मात्रै २ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क- कसको कति?

  २०७४ जेठ २ गते १४:११     विकासन्युज

काठमाडौं । मंगलबार मात्रै २ करोड ४९ लाख २६ हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एकै दिन एक करोड १३ लाख ३३ हजार ७७५ कित्ता बोनस र एक करोड ३५ लाख ९२ हजार ७२५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

मंगलबारको बजारमा करिब ८ कम्पनीको सेयर सूचिकृत भएको छ । त्यसमध्ये ५ वटा कम्पनीको बोनस सेयर र बाँकी कम्पनीको हकप्रद सेयर सुचिकृत भएकोे छ ।

सेती फाइनान्सको ८ लाख ३४ हजार ४०० कित्ता बोनस र हिमालयन बैंक लि को ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता वेष्र्टन डेभलपमेन्ट बैंकको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

नमस्ते वित्तीय संस्थाको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कम्पनीको ९० हजार कित्ता बोनस र ३ लाख ७५ हजार कित्ता हकप्रद सेयर सुचिकृत भएको हो ।

सोही दिन जेबिल्स फाइनान्स र फेवा विकास बैंकको क्रमशः ३ लाख २१ हजार ६२ कित्ता र २० लाख ४९ हजार ७०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।

त्यसैगरि, मञ्जुश्री फाइनान्सको पनि बोनस र हकप्रद गरि ४७ लाख ३७ हजार २८५ कित्ता सेयर नेप्सेमा थपिएको छ । कम्पनीको ३ लाख ५० हजार ९१० कित्ता बोनस र ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर एकै दिन नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.