सबै बैंकका अध्यक्ष सपथ खान राष्ट्र बैंक जानु पर्ने, सिभिल बैंकका अध्यक्षले लिए गभर्नरसँग पहिलो सपथ

  २०७४ जेठ १ गते १९:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंकको अध्यक्ष बनेका अम्बीर बोगटीले सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट सपथ ग्रहण लिएका छन् । बैंकको अध्यक्षको हैसियतमा गभर्नरसँग सपथ लिने उनी पहिलो बैंकर्स हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ अनुसार सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंक समक्ष सपथ लिनु पर्नेछ । सञ्चालक तथा कार्यकारी प्रमुख ले अध्यक्ष समक्ष र अन्य पदाधिकारी तथा कर्मचारीले कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष सपथ लिनुपर्ने हुन्छ ।

नयाँ ऐन आएपछि सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सांसद भएकै कारण पद त्याग्नु परेको थियो । तामाङले राजीनमा दिएपछि सञ्चालक बोगटी अध्यक्ष भएका हुन् । उनी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए ।

सभासद तामाङले राजीनामा गरेपछि रिक्त सञ्चालक पदमा उनकी श्रीमती सृजना शाक्य तामाङ्गले नियुक्त भएकी छिन् ।
बैंक नयाँ सञ्चालक समितिले बैंकको कार्यशैलीमा सुधार गर्दै सेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घता व्यक्त गरेको छ । नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नवनियूक्तका.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.