नेप्सेमा २ करोड ४० लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति ?

  २०७४ वैशाख २९ गते १५:४५     विकासन्युज

काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६ कम्पनीको २ करोड ४० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा नेप्सेमा ९५ लाख २९ हजार १७० कित्ता बोनस, ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद र ९० लाख कित्ता साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

साताभर ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ ।

त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको गरि ९० लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । सिनर्जी पावरको मात्रै ७० लाख कित्ता र बाँकी २० लाख फर्वाड कम्युनिटीको गरि सो मात्राको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.