आठ बीमा कम्पनीको नाफा एक अर्ब १४ करोड, कसले कति कमाए ?

  २०७४ वैशाख २८ गते १८:०२     विकासन्युज

काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब १४ करोेड ९० लाख रुपैंयाँ नाफा कमाएका छन् । यस्तो नाफा बीमांकिय मुल्यांकन अघिको हो । हालसम्म पाँच वटा निर्जिवन बीमा कम्पनी र ३ वटा जिवन बीमा कम्पनीले तेश्रो त्रैमासिकसम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन । नौ महिनामा तीन वटा जिवन बीमा कम्पनीको नाफा ५७ करोड ७३ लाख पुगेको छ भने पाँच वटा निर्जिवन बीमा कम्पनीको नाफा पनि ५७ करोड १७ लाख पुगेको छ ।

तीन वटा जिवन बीमा कम्पनीले गत बर्षको सोही अवधीको तुलनामा ६९ दशमलब ६४ प्रतिशत नाफा बढाउन सफल भएका छन् । ती कम्पनीले गत आवको तेश्रो त्रैमासिकमा ३४ करोड ३ लाख नाफा कमाएका थिए । पाँच निर्जिबन बीमा कम्पनीको नाफा भने ६० दशमलब ४५ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले गत आवको नौ महिनामा ४० करोड ९६ लाख नाफा कमाएका थिए ।

हालसम्म निर्जिबन तर्फ एनएलजी, नेको, युनाइटेड, एनबी र ओरियन्टल इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । त्यस्तै जिवन बीमा तर्फ नेपाल लाइफ, सुर्या लाइफ र प्राइम लाइफले नौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

निर्जिबन बीमा
१) एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो ।
२) नेको इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ८८ लाख नाफा कमाएको छ । यो कम्पनीले गत आवको सोही अवधीमा ७ करोड नाफा कमाएको थियो ।
३) युनाइटेड इन्स्योरेन्सले ४ करोड ८९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ३२ लाख नाफा कमाएको थियो ।
४) एनबी इन्स्योरेन्स कम्पनीले नौ महिनमा ६ करोड २० लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा २ करोड २० लाख मात्रै नाफा कमाएको थियो ।
५) ओरियन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ४१ लाख नाफा कमाएको छ । अघिल्लो आवको नौ महिनामा कम्पनीले १३ करोड ५ लाख नाफा कमाएको थियो ।

जिवन बीमा कम्पनी
१) नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४० करोड ९६ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा २३ करोड ८० लाख नाफा कमाएको थियो ।
२) सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३ लाख नाफा कमाएको छ । सुर्याले गत आवको नौ महिनामा ७९ लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।
३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालु आवको नौ महिनामा १० करोड ७४ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा जम्मा ९ करोड ४४ लाख आम्दानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.