सांग्रिला डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर दिने, जेठ ४ गतेदेखि बुक क्लोज

  २०७४ वैशाख २८ गते १०:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १६.०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने र हकप्रद सेयर प्राप्तिपछि निष्काशन गरिने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । यस बैंकले १० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ४ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कसमस डेभलपमेनट बैंक प्राप्ति गर्दैछ । दुबै बैंक प्राप्ति गर्न सेयर स्वाप रेसियो १ बराबर १ गरिएको सांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ ।

बोनस सेयर वितरण र दुई बैंक प्राप्ति पनि बैंकको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ हुन्छ । प्राप्तिपछि बैंकले १ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ बनाउने भएको छ ।

गत वर्षको नाफाबाट बोनस सेयर वितरण, दुई विकास बैंक प्राप्ति, त्यसको स्वाप रेसियो अनुमोदन र हकप्रद सेयर निष्काशन सम्बन्धि विशेष प्रस्तावसहित बैंकले जेठ १९ गते साधारणसभा बोलाएको छ । बोनस सेयर तथा हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैंकले जेठ ४ देखि १९ गतेसम्म सेयर दर्ता किताव बन्द गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.