एनएलजी इन्स्योरेन्सको नाफा १२ करोड

  २०७४ वैशाख २७ गते ११:५०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । एनएलजीले गत आवको नौ महिनाको भन्दा एक करोड ९१ लाखले बढि हो ।

कम्पनीले गत आवको तेश्रो त्रैमासिक अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । एनएलजीको यो नाफा बिमांकिय मुल्यांकन अघिकै हो ।

कम्पनीले नौ महिनामा एक अर्ब १ करोड बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको बिमालेखको संख्या १ लाख ४७ लाख पुगेको छ ।
एनएलजीको प्रति सेयर आम्दानी ३३ रुपैंयाँ ७७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २३० रुपैंयाँ २८ पैसा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.