वृज सिमेन्टको ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु, गुणस्तर र मजवुतीलाई अझ बिश्वसनीय बनाउने

  २०७४ वैशाख २६ गते १७:३३     विकासन्युज

काठमाडौं । वृज सुपर प्रिमियम ओपीसी सिमेन्टले ‘हामी हौ देशका उर्जा’ नामक अभियान शुरु गरेको छ । कम्पनीले आफ्ना उत्पादनलाई ग्राहकहरुको बीचमा विश्वासका साथ गुणस्तर र मजवुतीलाई अझ दरिलो बिश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट नयाँ उर्जा सहित वजार प्रर्वधन शुरु गरेको बताएको छ ।

वृज इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा-लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) दुवै किसिमका सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ ।

वृज सिमेन्टको सवै उत्पादनलाई उच्च गुणस्तरीय एच.डि.पि.ई. प्लास्टिको वोरामा, ५० के.जी. परिमाणमा प्याक गरी वजारमा पठाइन्छ । यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ । १५ वर्षदेखि निरन्तररुपमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्री वितरया गर्दै आइरहेको हुँदा वजारको मागको दृष्टिले पनि अरु सिमेन्ट भन्दा प्रतिस्पर्धामा अघि रहेको छ ।

वजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने चर्चित युवा फुटवल खेलाडी नवयुग श्रेष्ठ, नेपाली क्रिकेट जगतका चर्चित खेलाडी एवं टिम क्याप्टेन शरद भेसवाकर , नेपालको मनाङ्ग तथा मुस्ताङ्गलाई वायरलेस इन्टरनेटवाट जोडि सुचना प्रविधि मार्फत परिचित गराउने नेपालको पहिलो व्यक्तित्व एवं एशियाको नोवेल पुरस्कारको नामले चिनिने म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा विभिन्न सामाजिक क्षेत्रमा कार्यरत सन् २०१६ को मिस नेपाल अस्मी श्रोष्ठ सहित ४ जनालाई वृज सिमेन्टले एशोसिएट गरि व्राण्ड एम्वेसेडरको रुपमा लिएको छ ।

गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.आइएसओ ९००१ः२००८ बाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरुले एनएस ३८५ एवं वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु एनएस ४९बाट प्रमाणित भइसकेका छन् । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. ले आफनो उत्पादन १५ बर्षदेखि निरन्तर रुपमा बजारमा ल्याइरहेको छ । उच्च प्रविधि, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने कुरा कंपनीका सिनियर मार्केटिङ्ग एण्ड व्राण्ड म्यानेजर अमित श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.