कोकाकोला १३१ अाैं बार्षिक उत्साव मनाउँदै, यसरी भयो कोकोकोलाको उत्पत्ति र विकास

  २०७४ वैशाख २५ गते १२:०९     विकासन्युज

काठमाडौं । आज कोकाकोलाको १३१ औं वार्षिकोत्सव, जसको इतिहास ८ मई, १८८६ मा शुरु भएको थियो, जतिबेला एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको कम्पनीले जनाएको छ ।

फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए।

व्यापार बढ्दै गएपछि त्यसको प्रतिस्पर्धा र अनुकरण गरियो, जबकी यो प्रतिरुप हुन सक्दछ । कोका–कोलाले उपभोक्ताहरुलाई वास्तविक विषय बाहेक अन्य कुराहरुलाई ध्यान नदिन प्रतिबद्ध हुँदै स्मरण गराउ शुरुवात गर्यो, र ‘डिमाण्ड एण्ड जिनियस’ तथा ‘एक्सेप्ट नो सब्टिच्यूटस्’ विज्ञापन गरायो । यो प्रतिस्थापनको विरुद्धमा कहिले पनि समाप्त नहुने प्रतिस्पर्धा भएको कम्पनीले जनाएको छ ।

कोका–कोला कम्पनीले सन् १९२०को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गर्यो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको उचाईमा पुग्यो । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिएको छ। सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी थियो । उदाहरणका लागि, यसले गर्दा कोका–कोला बोकेर उपभोक्ताले घर लैजान सजिलो बनायो । श्री उडरफले शुरु गरेका कोका–कोलाको अन्तराष्ट्रिय संभावनाको परिकल्पना अझै पनि कम्पनीद्धारा लागू गरिएको तथा यसलाई संसोधित गरिँदै आएको छ । यसको बोटलर्स तथा सब्सिडरीज्मा सामान्य खुशीको क्षण बनाउनका लागि अनुमप विश्वव्यापी प्रणालीमा कोका कोला व्यवसायलाई समाहित गरिएको छ ।

अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ । कोका–कोलाले नेपालमा सन् १९७९ देखि उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.