डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा ढकालको अध्यक्षतामा नयाँ नेतृत्व

  २०७४ वैशाख २४ गते १२:३७     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा मुक्तिनाथ डेभलपमेन्ट बैंककका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित भएका छन् । ढकालले सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेललाई ५ मतले पराजित गर्दै अध्यक्ष निर्वाचन जितेका हुन् । ढकालले २२ मत पाएका थिए भने पौडेलले १७ मत पाएक थिए । ४० मत खसेको निर्वाचनमा १ मत बदर भएको थियो ।

एसोसिएसनको शुक्रबार सम्पन्न साधारणसभाले २ बर्षे कार्यकालका लागि अध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । अध्यक्ष, महासचिव र कोषध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध भएको थियो । प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र द्धितिय उापध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल निर्विरोध निर्वाचित भए ।

महासचिवमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल निर्वाचित हुँदा एक्सल डेभलपमेन्ट बैंकका
प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल पराजित भए । फेवा विकास बैंकका रेशम थापा सचिव चुनिएक छन भने उनले मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीलाई हराएका थिए ।

कोषाध्यक्षमा भने तिनाउ विकास बैंकका प्रदिप श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा कन्काई डेभलपमेन्ट बैंकका सीइओ प्रकाश बज्राचार्य, सिन्धु विकास बैंकका सीइओ सञ्जिब प्रधान, वेस्टर्न डेभलपमेन्ट बैंक सीइओ खिमबहादुर जीसी, कञ्चन डेभलपमन्ट बैंकका सीइओ बिरुराम जैशी र साहारा डेभलपमेन्टका निमित्त सिइओ अजितकुमार झा निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.