सेयर बजारमा तीन अर्ब माथिको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफको

  २०७४ वैशाख २२ गते १७:१८     विकासन्युज

काठमाडौं । यस साता सेयर बजारमा तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा ४०.२६ प्रतिशत कम हो । गत साता बजारमा पाँच अर्ब ६९ करोड रुपैयाँ बराबरका सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १५४ कम्पनीका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल एसबिआइ बैंकको १२ करोड ४७ लाख, प्रभु बैंकको १० करोड ८९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावर र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा बैंकको दुई लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस साता कारोबार रकममा गिरावट आएता पनि नेप्से परिसूचकमा भने केही सुधार भएको छ । सो अवधिमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.४० अंकले बढेर अन्तिम दिन १६५३.१८ अंकमा पुगेको छ ।

त्यस्तै, साताभर कारोबार भएका समूहका परिसूचकमा सामान्य उतारचढाव आएको छ । सबैभन्दा बढी बैंक समूहको परिसूचक ५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र बीमा समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक, वित्त र जलविद्यिुत समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७७ अंकले बढेर ३५३.५५ अंकमा आईपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.