फेवा विकास बैंकले शुरु गर्यो आस्वा सेवा, आवेदन शुल्क २० रुपैयाँ मात्र

  २०७४ वैशाख २१ गते १२:१४     विकासन्युज

काठमाडौं । फेवा विकास बैंक लिमिटेडले आश्वा सेवा शुरु गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरी आफ्ना ग्राहकहरुलाई उक्त सेवा प्रदान गरेको हो।

ग्राहकहरुले उक्त सेवा फेवा विकास बैंकका कुनै पनि शाखा कार्यालयहरुबाट उपभोग गर्न सक्नेछन् । अग्रिम खाता खोली सञ्चालन गरेका ग्राहकहरुले सरल र सहज ढंगबाट उक्त सेवा लिन सक्नेछन् । साथै, नयाँ ग्राहकहरुले उक्त सेवा लिनु परेमा बैंकमा आफ्नो खाता खोली उक्त खाता मार्फत यो सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यस सेवा प्रदान गरे वापत बैंकले आवेदकहरुबाट प्रति आवेदन २० रुपैयाँ मात्र शुल्क लिने भएको छ । यसमार्फत लगानीकर्ताहरुलाई फेवा विकास बैंक लिमिटेड मार्फत लगानी गर्न थप सुविधा हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.