सिद्धार्थ इन्स्योरेन्स कम्पनी हकप्रद सेयर आवदेन खुला, १९०० को सेयर १००मा किन्ने मौका

  २०७४ वैशाख १७ गते ९:२२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५.२ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । प्रतिकित्ता १०० दरले ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयरका लागि बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म आवेदन गर्न कम्पनीले आफ्ना सेयरधनीहरुलाई आह्वान गरेको छ । कम्पनीले बुक क्लोज गर्नु पूर्व अर्थात बैशाख १७ गतेभन्दा अघि नै सेयर लिईसकेका सेयरधनीले हकप्रद सेयर पाउनेछन् ।

हाल यस कम्पनीको सेयर पुँजी ४४ करोड ८३ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ हुनेछ ।

निर्जीवन तर्फ सिद्धार्थ इन्स्योरेन्स राम्रो र प्रतिस्प्रर्धी कम्पनीको रुपमा चिनिन्छ । इक्रा नेपालले यस कम्पनीलाई ग्रेड ३ प्लास रेटिङ गरेको छ । यस कम्पनीको सेयर गत साता प्रतिकित्ता १९६० रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीको आह्वान पत्रमा आगामी दुई वर्षसम्म चुक्ता पुँजी वृद्धि हुने उल्लेख गरिएको छैन । तर बीमा समितिले जारी गरेको पुँजी वृद्धि सम्बन्धी नीतिका आधारमा यस कम्पनीले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी पुँजी १ अर्ब रुपैयाँ पुर्याउने सम्भावना बढी छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.