सुर्या लाईफको १० प्रतिशत बोनस र १० बराबर ४ कित्ताको हकप्रद सेयर

  २०७४ वैशाख १४ गते १२:०४     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बैशाख १३ गते सम्पन्न सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र ३४ लाख ५३ हजार ९ सय ४७ रुपैंयाँ नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

सोही बैठकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । बीमा समितिको स्विकृतिपछि सुर्या लाइफले हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाउने छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउनु पर्ने नयाँ व्यवस्था अघि सारेपछि सुर्या लाइफले बोनस र हकप्रद सेयर सम्बन्धी निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.