कोटेश्वर काठमाडौमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’

  २०७४ वैशाख १३ गते १४:३१     विकासन्युज

काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समूहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरी राखिएको छ ।

बढ्दो कफिकल्चरलाई मध्यनजर गर्दै बैंक, पूर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफिशपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखाविस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ ।

बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्यालको समूहले कफि सप सुरु गरेको हुन ।  हिमालयन फ्रेस अरेबिका कफिशप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.