देवः विकास बैंकको ६ लाख कित्ता र कैलाश विकास बैंकको ७३ हजार कित्ता सेयर लिलामीमा

  २०७४ वैशाख १२ गते ८:५८     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार ३१८ कित्ता सर्वसाधारण तर्फको हकप्रद सेयरको विक्री नभएपनि लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

यो बैंकले गत माघ ९ गतेदेखि फागु २७ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको सेयरको विक्री न्युनतम एक सय रुपैयाँ कबोल गरेर आदन माग गरेको छ । यो बैंकले आगामी जेठ ४ गते भित्रै बोलपत्रको लागि आवेदन दिइसक्नुपर्ने बताएको छ ।

कैलाश विकास बैंकको पनि ७३ हजार कित्ता सेयर लिलामीमा
कैलाश विकास बैंक लिमिटेको पनि सस्थापक तर्फको १० हजार ९ सय ८१ कित्ता र सर्वसाधारण तर्फको ६२ हजार ५७३ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले पनि न्युनतम एक सय कित्ता आवदेन एक सय रुपैयाँ भन्दा बढी कबोल गरेर आवेदन दिन भनेको छ ।

यसले पनि गत फागुन ६ देखि चैत्र १० गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा विक्री नभएको सेयरको लागि बोलपत्र आव्हान गरेको हो । यसको सेयर आवेदन यही बैशाख २८ गतेभित्र ग्लोबल आइएएमी क्यापिटल लिमिटेडमार्फत दिन सकिने पनि उल्लखे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.