सनराइज बैक र आईडीबीआई बैंकबीच रेमिट्यान्स सेवामा सहकार्य गर्ने सम्झौता

  २०७४ वैशाख ७ गते १९:५४     विकासन्युज

काठमाडौं । सन्राइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको आईडीबीआई बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले आईडीबीआइ बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने भएका छन् ।

आईडीबीआई बैंकको भारतमा १८०० भन्दा बढी शाखाको संजाल छ । सन्राइज बैंक लिमिटेड र आईडीबीआई बंैकबीच रेमिटेन्स सम्झौता आईडीबीआई बैंकको प्रधान कार्यालय मुम्बईमा सम्पन्न भएको छ । उक्त सम्झौतामा सन् राइज बैंकका अध्यक्ष मोतीलाल दुगड र आईडीबीआई  बैंकका नायव प्रबन्ध निर्देशक के. पी. नायर तथा कार्यकारी निर्देशक मैथीली बालसुब्रमन्यमको उपस्थितिमा सन् राइज बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईडीबीआई बैंकका तर्फबाट बैंकका मुख्य महाप्रबन्धक एन. कृष्णनले हस्ताक्षर गरेका छन् । सम्झौतासंगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सन्राइज बैंकको ६८ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने सनराईज बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.