सिटिजन्स बैंकद्धारा एक दर्जन संस्थालाई ४७ लाख रुपैयाँ सहयोग, दशक पार गरेपछि ‘दशक बचत खाता’ शुभारम्भ

  २०७४ वैशाख ७ गते १४:४४     विकासन्युज

काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेका छन् । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा दैनिक मोज्दातमा ५ प्रतिशत व्याजदर प्राप्त गरिने बैंकले जनाएको छ । साथै निःशुल्क एविविएस, निःशुल्क सेयर डिम्याट सेवा, लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुल तथा परोपकारी काममा संलग्न करिब एक दर्जन संस्थाहरुलाई करिब ४७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ‘चितवन मानव सेवा आश्रम’लाई ३ लाख रुपैयाँ, ‘संगीतकार संघ नेपाल’लाई पनि ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ  भने विगत ५ वर्षदेखि निरन्तर रुपमा १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान ‘बाल विकास समाज’ मार्फत १ लाख ३० हजार रुपैयाँ सहयोय गरेको बैंकले जनाएको छ ।

यस बैंकले माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत्त ‘स्नो याक फाउण्डेशनलाई’  १ लाख रुपैयाँ प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेका संस्थाहरु साथ र र बेवी लाईफ होमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, मिर्गौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको छ भने बावु—आमा जेल पेरेका बाल बालिकाहरुाई सहयोग गरिरहेका बन्दि सहायता नेपाललाई आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार रुपैयाँ प्रदान गरेकोे छ ।

त्यस्तै बैंकले कुलेश्वर माध्यमिक विधालयमा कम्प्यूटर कक्ष निर्माण गर्न २ लाख १० हजार, बाल विनोध माध्यमिक विधालयलाई कक्षा कोठामा झ्यालहरु राख्नको लागि २ लाख रुपैयाँ, कमल निम्न माध्यमिक विधालयलाई २ लाख ५० हजार, त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्रिवेणी क्षेत्रको नर्वदेश्वर महादेवको मन्दिरको जीर्णदारको लागि १ लाख ५० हजार, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई हस्पिटलको सामान खरिद गर्नको लागि १ लाख ५० हजार, वमन हेल्थ स्क्रीन नेपाललाई १ लाख, अभय उपचार केन्द्रलाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेकोे छ ।

बैंकले दरवारमार्गस्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिमेन्ट प्लान्ट स्थापनामा सहयोग गरेको छ । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरुबीच आयोजन हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सव पारेर खेलकुद, रक्तदान, अंगदान, प्रभातफेरी कार्यक्रम गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.