सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले वृद्धि, नौ महिनाको कमाई ८८ करोड रुपैयाँ

  २०७४ वैशाख ७ गते ८:२२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको नौ महिनामा ८८ करोड २८ लाख रुपैयाँ खुँद नाफा गरेको छ ।

यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशत अर्थात १५ करोड ८० लाख रुपैयाँले बढेको छ । गत वर्ष बैंकले यो अवधिमा ७२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले चैत मसान्तसम्मको निक्षेप ५५ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेकाे छ । बैंकले ऋण ४७ अर्ब ७९ करोड रुपैयाँ प्रवाह गरेकाे छ । यसले ७ अर्ब ९५ करोड रुपैयाँको लगानी समेत गरेको उल्लेख छ ।

यो बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड छ । बैंकको जगेडा कोषमा २ अर्ब १७ करोड रुपैयाँ छ ।

यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ४० प्रतिशत रहेको छ ।

बैंकको खराव कर्जा १ दशमलव ५५ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ । बुधबार यो बैंकको प्रतिसेयर ४ सय ३३ रुपैयाँमा कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.