कावेली विकास बैंकले २० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत हकप्रद सेयर दिने

  २०७४ वैशाख ६ गते ११:०७     विकासन्युज

काठमाडौं । कावेली विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बैंकले १ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ६ करोड १९ लाख रुपैयाँ छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिव ७ करोड ६० लाख रुपैयाँ हुनेछ । बोनस सेयर वितरणपछि ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने बैंकको विशेष प्रस्ताव छ ।

बोनस र हकप्रद सेयर पाउनको लागि बैशाख १२ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । १३ गतेदेखि २७ गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहने बैंकले जनाएको छ ।

बैंकले बैशाख २७ गते विशेष नवौं वार्षिक साधारणसभा बोलाएको छ । धनकुटामा मुख्य कार्यलय रहेको यो विकास बैंकको कार्यक्षेत्र एक जिल्ला मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.