राष्ट्रिय बीमा कम्पनीले तीन वर्षको नाफाबाट ११५ प्रतिशत बोनस सेयर दिने, ९ वर्षको बोनस घोषणा हुन बाँकी

  २०७४ वैशाख ५ गते ११:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनील लिमिटेडले तीन आर्थिक वर्षको नाफाबाट कुल ११५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को नाफाबाट चुक्ता पुँजीको आधारमा क्रमशः ३७ प्रतिशत, ५१ प्रतिशत र २७ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।

उल्लेखित तीन आर्थिक वर्षमा कम्पनीले ३९ प्रतिशत, ३९ प्रतिशत र १५ प्रतिशत खुद नाफा गरेको जनाएको छ ।

कम्पनीले अझै ९ आर्थिक वर्षको लेखापरिक्षण गरी लाभांश घोषणा गरेको छैन । राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर राष्ट्रिय बीमा कम्पनी भएको यस कम्पनीको विगत १४ वर्षदेखि साधारणसभा हुन सकेको थिएन । कम्पनीले यही बैशाख २२ गते २९औ वार्षिक साधारणसभा गर्दैछ ।

कम्पनीको चुक्ता पुँजी ८ करोड २८ रुपैयाँ मात्र छ । बजारमा सेयर मूल्य प्रतिकित्ता करिव १९ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर पुँजी कम हुनु, बोनस सेयरबाट १ अर्ब पुँजी पुर्याउने सम्भावना हुनुले यो कम्पनीको सेयर मूल्य उच्च भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.