सिद्धार्थ डेभलपमेन्ट बैंकले २८ करोड ८३ लाख कमायाे, प्रति सेयर आम्दानी २७ रुपैयाँ ९ पैसा

  २०७४ वैशाख ५ गते ८:३६     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकाले २८ करोड ८३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बैंकले नाफा चालू आर्थिक वर्षको ९ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब नौ करोड रुपैयाँले नै बढेको छ ।

गत आवको सोही अवधिमा यो बैंकले १९ करोड ६२ लाख रुपैयाँ खुँद नाफा गरेको थियो ।

बैंकको गएको चैत मसान्तसम्मको निक्षेप संकलन १३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यो बैंकले बैंकको ऋण लगानी १२ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

यो विकास बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ६९ करोड छ । बैंकले २१ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमलव ९० प्रतिशत रहेको छ ।

खराव कर्जा २ दशमलव ४२ प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ६० पैसा छ । हाल यो बैंकको प्रतिसेयर ९ सय ८६ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.