विश्व विद्यालय र पाटन कलेजबीच सम्झौता, सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको पढाई हुने

  २०७४ वैशाख ४ गते १३:३१     विकासन्युज

काठमाडौं । यसनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत बाट सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक स्तरको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन कार्यक्रम शुरु गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले एक समारोह बीच सो कलेजको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बेलायती राजदूत रिचर्ड मोरीस र विश्वविद्यालयका सहायक उपकुलपति अशरफ जावेदको समेत उपस्थिति थियो । सो कार्यक्रमको अध्यक्षता संस्थापक परमानन्द केजरीवालले गरेका थिए ।

सोही अवसरमा विश्व विद्यालय र पाटन कलेज बीच सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति अशरफ जावेद र पाटन कलेजको तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

टाइम्स युकेको रैकिङ्ग अनुसार १३० वर्ष पुरानो युनिभर्सिसटि अफ बेडफोर्डसायर विश्वको उत्कृष्ट आठ सय विश्व विद्यालय मध्ये एक हो । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयको कार्यक्रमहरु चिन र भियतनाम लगायत मध्य पूर्व, यूरोप, दक्षिण पूर्व एशिया लगायतका अन्य देशहरुमा संचालित छ । यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन् वा उच्च शिक्षा अध्ययन तिर लाग्छन् ।

तिन वर्षको अध्ययन अवधि र ३६० क्रेडिट आवर भएको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन मात्र प्राज्ञिक डिग्री होइन, यसका स्नातकहरु विज्ञ जस्तै हुन्छन् ।

विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्राफेसनल स्टडिजमा प्रथम लगायतका अन्य वर्ष सकाएर बाँकी समयको अध्ययन युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतको मुल क्याम्पसमा गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.