एभरेष्ट बैंक मर्ज तथा एक्विजिशनको बाटोमा, सेयरधनीलाई ठूलो झड्का

  २०७४ वैशाख ४ गते १०:५४     विकासन्युज

काठमाडौं । अन्ततः एभरेष्ट बैंकले पनि मर्ज तथा एक्विजिशनको बाटो रोजेको छ । मर्ज तथा एक्विजिशनको लागि उपयुक्त प्रस्ताव आएको भन्दै मर्ज तथा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गर्न बैंकले विशेष साधारणसभा बोलाएको छ ।

एभरेष्ट बैंकमा गाभ्ने गाभिने प्रस्तावहरु आएकोले नेपाल राष्ट्र बैंकले जारी गरेको गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी नियमावली २०७३ अनुसार प्रक्रिया पुरा गर्न र साधारणसभाबाट अनुमति लिन भन्दै बैशाख २० गतेको लागि विशेष साधारणसभा बोलाएको छ । कुन बैंक तथा वित्तीय संस्थाले गाम्ने गाभिने प्रस्ताव गरेका हुन्, सो विषयलाई बैंकले गोप्य राखेर विशेष साधारणसभा बोलाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड रुपैयाँ छ । असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पुँजी शो गर्न राष्ट्र बैंकले एभरेष्ट बैंकलाई पत्र काटेपछि बैंकले गाभ्ने गाभिने बाटो समातेको स्रोतले बतायो । बैंकले गाभ्ने वा गाभिने बाटो रोजेपछि बोनस सेयरको आशमा ठूलो लगानी गरेको सेयरधनी मर्कामा पर्ने देखिएको छ ।

साथै बैंकले १९ प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने, हकप्रद सेयर किन्नको लागि हक हस्तान्तरणको व्यवस्था गर्ने, बैंकका सञ्चालकलाई टेलिफोन, मोवाइल, पत्रपत्रिका खर्च मासिक रुपमा नगद भक्तानीको विशेष प्रस्ताव राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.