सरकारले २२ नगरमा ठूला र स्तरीय सार्वजनिक यातायात चलाउँदै

  २०७४ वैशाख ४ गते ७:४०     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले उपत्यकाका २२ नगरपालिकामा सार्वजनिक यातायात चलाउने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको छ ।

उपत्यकामा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न बस चलाउन मन्त्रालयले अन्तिम स्वीकृतिका लागि प्रस्ताव पठाएको छ ।

मन्त्रालयका सचिव केदार अधिकारीले भने, ‘निर्णय चाडै हुनसक्छ ।

’ सार्वजनिक यातायात भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन उपत्यका नगर यातायात लिमिटेड कम्पनी दर्ता गरी ठूला र स्तरीय बस सञ्चालन ल्याउने उनले बताए । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.