अब प्राथमिक सेयरमा जिल्लाबाटै आवेदन, आस्वाले गरायो बैंक खाता अनिवार्य

  २०७४ वैशाख १ गते ७:४९     विकासन्युज

काठमाडौं । अब लगानीकर्ताले ७५ वटै जिल्लाबाट प्राथमिक सेयर (आईपीओ तथा एफपीओ)मा आवेदन दिन सक्ने भएका छन् ।

गत माघदेखि स्वैच्छिक रुपमा लागू भएको आस्वा (एप्लिकेसन्स उपोर्टेड बाई ब्लक्ड अमाउन्ट) प्रणाली सहभागी वित्तीय संस्था सबै जिल्लामा पुगेपछि लगानीकर्तालाई यस्तो सुविधा प्राप्त भएको हो ।

धितोपत्र बोर्डले विज्ञप्ती जारी गरी उक्त जानकारी दिएको छ । यो प्रणालीमार्फत सेयरमा लगानी गर्ने लगानीकर्ताले आस्वा प्रणालीमा सहभागि हुन बैंक तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.