नेप्सेले दियो नयाँ वर्षको शुभकामना, प्रथम त्रैमासमा अनलाईन कारोबार शुरु गर्ने

  २०७३ चैत ३१ गते १८:१३     विकासन्युज

काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण लगानीकर्ता, नियामक निकाय, धितोपत्र व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुमा शुभकामना दिएको छ ।

नयाँ वर्षको शुभकामना दिँदै नेप्सेले आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा अनलाईन कारोबार प्रणाली सञ्चालन गर्ने बताएको छ । साथै, नेप्सले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली स्थापना तथा सञ्चालन गर्ने गरी काम अगाडि बढाइ सकेको बताएको छ ।

नेप्सेले लगानीकर्ताहरुको दोस्रो बजारमा पहुँचलाई सहज बनाउन उक्त प्रणाली शुरु गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.